Good Governance and Development Research Center

Connect with us

+977 9851027697

About Us

हामी को

हौँ?

सदस्यको समृद्धि, हाम्रो प्रतिबद्धता

अविच्छिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक विश्वसनीय सहकारी संस्था हो, जसले सदस्यहरूको आर्थिक उन्नति, सामाजिक सुरक्षा र समृद्धिका लागि सहकार्य, बचत र ऋणको माध्यमबाट सफल भविष्य निर्माण गर्ने उद्देश्य राख्दछ।

सहकार्य समृद्धिको आधार

हाम्रो इतिहास

स्थापना र

पृष्ठभूमि

अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता, सिद्धान्त र नेपालको सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय काठमाडौंमा मिति २०६८/०२/१८ गते यस अविच्छिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दर्ता भई स्थापना भएको हो।

सुरुमा एकता व्यापार संघ नेपाल अन्तर्गत यसको कार्य क्षेत्र थियो। तर २०७५ सालदेखि काठमाडौं महानगरपालिकाको सबै वडाहरूमा यसको भौगोलिक कार्यक्षेत्र रहेको छ।

यस संस्थाले बचत तथा ऋणको कारोबार गर्ने यो संस्थाले सहकारी ऐन २०७४ (संशोधनसहित) अनुरूप २०८२ साल फागुन २१ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजत प्रमाणपत्र प्राप्त गरेको छ भने २०८२ साल चैत्र २ गते कर्जा सूचना केन्द्रमा पनि दर्ता भएको छ। त्यसै गरी २०८३ साल साउन ८ गते सामाजिक सुरक्षा कोषमा पनि सूचीकृत भएको छ।

सुरक्षित दर्ता

डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०६८/०२/१८ मा दर्ता भई स्थापना।

कार्य क्षेत्र

२०७५ सालदेखि काठमाडौं महानगरपालिकाका सबै वडाहरूमा कार्य क्षेत्र विस्तार।

सञ्चालन इजाजत

२०८२ साल फागुन २१ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजत प्रमाणपत्र।

अन्य दर्ता / सूचीकृत

कर्जा सूचना केन्द्र (२०८२ चैत्र २ गते), सामाजिक सुरक्षा कोषमा पनि सूचीकृत (२०८३ साउन ८ गते)।

हाम्रो आबद्धता र सहभागिता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून), काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा यो संस्था हाल नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्कान) मा सक्रिय रूपमा सहभागी भएको छ।

यस संस्थाले विभिन्न आन्तरिक नीति तथा कार्यविधिहरू तर्जुमा गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन, नियम, सहकारी सम्बन्धी ऐन, नियम, निर्देशन र मापदण्डलाई पालना गर्दै सुशासनमा जोड दिएको छ।

हाम्रो उद्देश्य

मिसन, भिजन र लक्ष्य

Our Mission

हाम्रो मिसन

“सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिका लागि सुरक्षित बचत, सहज ऋण र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने।”

Our Vision

हाम्रो भिजन

“विश्वसनीय, पारदर्शी र समावेशी सहकारीका रूपमा सदस्यहरूको पहिलो रोजाइको संस्था बन्ने।”

Our Goal

हाम्रो लक्ष्य

“दिगो, सबल र समृद्ध सहकारी संस्था बनाउँदै सदस्यहरूको जीवनस्तर उकास्ने र आर्थिक स्थायित्व कायम गर्ने।”

हाम्रो मूल्य

र मान्यता

पारदर्शिता

तथ्यगत र स्पष्टता

विश्वास

सदस्यप्रति प्रतिबद्धता

सहकार्य

साझेदारीमा शक्ति

इमानदारी

नैतिकता र जवाफदेहिता

समृद्धि

सहयोगी विकास